सिन्धुलीमा चार केन्द्रबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

सिन्धुलीमाढी।  जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि घुइँचो लागेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको अवस्थामा प्रशासन कार्यालयमा विवरण सङ्कलनका लागि वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको बढी भीड लागेको छ।

आगामी साउन भित्र सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिसक्ने गरी काम भइरहेकाले हतारिएर भीडभाड गर्नुपर्ने अवस्था नरहेको प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दैनिक चार सय सेवा ग्राहि राष्ट्रिय परिचयपत्रको लागि मात्रै आउने गरेको प्रमुख जिल्ला अधिकारी भरत खनालले बताए। अहिलेसम्म राष्ट्रिय परिचयपत्र बनाउन आएका सबै सेवाग्राहिले सेवा पाएको र कोही काम नबनेर फर्कन नपरेको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी खनाले ‘आज सेवा नलिए भोलि पाइँदैन’ भन्ने धारणा नराखी समन्वय गरिदिन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा साबिकमा दुई केन्द्रमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन हुँदै आएकामा हाल दुई वटा सङ्कलन केन्द्र थप गरिएको प्रमुख जिल्ला अधिकारी खनाले जानकारी दिए । प्रशासन कार्यालयले निर्धारित समयभित्र सबैलाई परिचयपत्र नम्बर उपलब्ध गराउने भन्दै यसका लागि नागरिकले पनि आवश्यक समन्वय गरिदिनुपर्ने बताए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर