‘म’ जे सोचेर सांसद भए त्यस्तो रहेन छ: घिमिरे

सिन्धुली । नेपाली कांग्रेसका नेता सिन्धुली क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले आफूले सोचे जस्तो सांसद पद नरहेको बताएका छन्।

प्रेस युनियन सिन्धुलीले मंगलवार सिन्धुलीमाढिमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सांसद घिमिरेले सो कुरा बताएका हुन्।

सिन्धुलीको विकास र समृद्धिको लागि तपाईँको भूमिका किन कमजोर देखियो? भनेर पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै घिमिरेले भने, “म पहिलो पटक सांसद जितेर गएको हुँ।यो सांसद बन्दै गर्दा मलाई के लाग्थ्यो भने सांसदको ठुलो भूमिका होला? नेपालको अर्थतन्त्रको बारेमा पनि त्यति धेरै बुझेको थिइनँ। किन विकास गर्न सकिँदैन भन्ने लाग्थ्यो।” अब, सांसद भएपछि हेर्दै छु मुलुकको अर्थतन्त्र अत्यन्त दयनीय छ। अर्को तर्फ सांसदको भूमिका यति कमजोर बनाइएको छ। जुन यो समानुपातिक प्रणालीले र अत्यधिक सांसदको संख्याले गर्दा खेरी सांसदको त! केही भूमिकै नरहने स्थितिमा पुर्‍याइयो। यो ०५६ सालसम्म सांसदको भूमिका र गरिमा भिन्न खालको थियो तर, अहिले ०५६ पछि जति पनि सांसद भए, सम्पूर्णको गरिमा समाप्त पारियो। सांसदको गरिमा मात्रै होइन , हरेक चिजको गरिमा समाप्त पार्ने काम ०५६ पछि गरियो । र सांसदको भूमिका अत्यन्त सीमित हुँदो रहेछ एकातिर भने मुलुकको अर्थतन्त्र नै धराप र धारासाहि भइसके छ। मेरो निर्वाचन क्षेत्रमा तीन वटा पुल परेको छ तर पाँच/पाँच लाख मात्रै बजेट परेको छ।अवस्था यस्तो छ।

उनले भने, ‘त्यसैले सांसदको भूमिका मैले सोचे जस्तो छैन।’सांसद भए पनि सोचे अनुसार / बोले अनुसार बाचा पुरा गर्न गाह्रो छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर