प्रदेशले आफ्नो औचित्य समेत पुष्टि गर्न सकेन कुनै काम छैन्: सांसद घिमिरे 

सिन्धुलीमाढी। नेपाली काँग्रेसका नेता सिन्धुली क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले संघीयतामा प्रदेश सरकारको प्रदेशले आफ्नो औचित्य समेत पुष्टि गर्न नसकेको बताएका छन्।

सिन्धुलीमाढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सांसद घिमिरेले प्रदेशको औचित्य समाप्त भएको बताएका हुन्।

प्रदेश सरकारहरू आफैँ राजनीतिक निर्णय गर्न सक्दैनन्। सधैँ केन्द्रीय संघीय सरकारको छायाको रूपमा मात्रै रह्यो। प्रदेश सरकारले दश लाख/ पाँच लाख बजेट बाँड्ने मात्रै काम गरेको छ। प्रदेशले राज्यलाई आर्थिक भार बोकाउनु बाहेक केही नभएको र आफ्नो आवश्यकता र औचित्य समेत पुष्टि गरेको उनको भनाई रहेको थियो। प्रदेशले र स्थानीय तह आफ्नो खुट्टामा आफैँ उभिन सक्दैन संघीय सरकारको अनुदानमा भर पर्नुपर्ने अवस्था छ । त्यसैले प्रदेशको काम छैन खारेज गर्नुपर्दछ उनको भने।

अब, प्रदेश खारेज गरेर स्थानीय तहको सङ्ख्या घटाए राज्यलाई अनावश्यक आर्थिक भार बाट जोगाउनु पर्ने धारणा व्यक्त गरेका थिए।

 

 

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर