निःशुल्क पशु स्वास्थ्य शिबिरः  सिन्धुलीमा १ सय ७७ जनाले लिए सेवा  

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा सञ्चालन भएको दुई दिनको निःशुल्क पशु स्वास्थ्य शिविर सकिएको छ।

रोट्रयाक्ट  क्लब अफ सिन्धुलीगढी र नेपाल भेटेरिनरी विद्यार्थी संघ  (हिकाष्ट) को सहकार्य  कमलामाई नगरपालिका मरिण गाउँपालिका र शिद्धबाबा दाना चल्ला सप्लायर्स मरिण छापको सहयोगमा भएको शिविरमा १ सय ७७  जनाले सेवा लिएका थिए।

मरिण गाउँपालिकाको ६ मा आइतबार भएको शिविरमा ८५ जना र  कमलामाई नगरपालिका १० मा सोमबार भएको शिविरमा ९२ जनाले सेवा लिएको रोट्रयाक्ट क्लब अफ सिन्धुलीगढीका अध्यक्ष मिलन कुमार भण्डारीले माईशिर डटकम सँग बताए।

पशु स्वास्थ्य शिविरमा  कृत्रिम गर्भधारण , पशु चेक जाँच , निःशुल्क औषधि र पौष्टिक आहारा वितरण गरिएको नेपाल भेटेरिनरी विद्यार्थी संघ  (हिकाष्ट) अध्यक्ष डा. अविनाश ठाकुरले   जानकारी दिए।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर