अल बिदा रबिन्द्र !

उ गज्जबको मान्छे । सामुदायिक प्रहरी सिन्धुलीमा लामै समय हबल्दार हुँदै प्रहरी सहायक निरिक्षकको बढुवा सम्म यही काम गरे । जागिर हबल्दारको थियो । बुझाइ, काम गराइ र कसै प्रतिको रेस्पोन्स । घटना ह्याण्डलमा उनी वरिष्ठ अधिकारी भन्दा कम थिएनन् ।

तराईबासी हुन् असइ रबिन्द्र । उनी पहाडी बस्ती सिन्धुलीको सदरमुकाममा रहेको सामुदायिक प्रहरीमा रहदा हरेक नागरिकमा लोकप्रिय थिए ।

नहाँसी नबोल्न उनी सम्पन्नहरुका मात्र प्रिय थिएनन् । भुइँ मान्छेका पनि उतिनै प्रिय थिए । समुदा र प्रहरी बिच सेतुका रुपमा रहेला रबिन्द्र कै पालामा यो संस्था देखिने र सुनिने अबस्थामा पुग्यो सामुदायिक प्रहरी सिन्धुली ।

उनी हरेक कर्मका मानिस संग उतिकै गहिरो सम्बन्ध बनाउन खप्पिस थिए । उनिसंग जो परिचित थिए ति घनिष्ट थिए ।

केही समय अघि सिलामे कि एक महिलाको मृत्युलाई लिएर अस्पताल माथी तोडफोड गरियो । पिडित परिवार र प्रशासन बिच सहमती भइसके पछी त्यही घटनाको नाममा अमुक पात्रको इसारामा जिल्लाका सिडियो र एसपी विरुद्ध योजना बनाएर अस्पताल तोडफोड गरियो । यो घटनमा अमुक पात्रहरु प्रयोगमा थिए । रबिन्द्र देख्दा सामुदायिक प्रहरीका हबल्दार थिए । उनी जिल्लाका पत्रकारलाइ सुचना दिएर यो घटनामा यी सम्लग्न छन् नियाली दिनु पर्यो भन्दै थिए । जिल्लाका नागरिल समाज पत्रकार शिक्षक बिद्यार्थी सबैलाइ त्यो भयाबहपुर्ण घटना रोक्न अनुरोध गर्दै थिए ।

कहिले दोहोरो झडप नियन्त्रणमा क्रियाशील थिए । उनी वरिष्ट अधिकारीहरु भन्दा पनि बढी खटे अस्पताल बचाउन । उनैको सक्रियतामा ठूलो धनजनको क्षेती हुनबाट बच्यो जिल्ला अस्पताल भन्दा फरक पर्दैन । उनि त्यो आक्रमणमा घाइते समेत भए ।

उनमा सुगर तलमाथी हुने समस्या थियो । तात्कालिन एसपी राजकुमार सिलवालले जाने बेलामा जिल्ला कै रत्नाबती सरुवा गरिदिए । समुदाय संग मिलेर काम गरि रहेका प्ररहरीलाइ के सरुवा गरेको त भने सिलवालले भने प्रहरीको प्रोफेसनमा रहेको ब्यक्ती आफ्नो योग्यता अनुसार युनिट कमाण्ड गर्न चाहान्छ । उ राम्रो प्रोफेस्नल प्रहरी हो युनिट कमाण्ड गरोस भनेर पठाको भने ।

म बेला बेलामा । उनलाइ सामुदायिक प्रहरी मै रहेको हेर्न चाहाने भएकाले राजकुमार पछी आएका बिनोद शर्मालाइ पनि सरुवा ल्याइ दिन भने केही दिनमा ल्याउँछु भने । केही महिना मात्र बिनोद बसे र उनले सरुवा गर्नै नपाइ हिंडे ।

संयोग कस्तो भने रबिन्द्रको सुगर तलमाथी हुने समस्या थियो । केही दिन पहिले लौन सर म अलि सहज हुने स्थानमा आउन पाए अलि सहज हुने थियो भन्दै कुरा गरे । रबिन्द्र र मेरो कुरा सकिना साथ एसपी गोबिन्द काफ्लेको फोन आयो प्रसंगबस लौन सर असइ रबिन्द्रको सरुवा गरे अलि सुगममा राखिदिनु पर्यो भनेको हप्ता दिन नबित्दै दुर्घटनामा परि सधैंका लागि अस्ताए रबिन्द्र ।

 

उनी रत्नावती गए । बेला बेलामा कल गरि रहन्थे । म नागरिक उनी प्रहरी । उनी म मुलको पहाडे उनी मधेसी मुलको । स्वार्थ रहित सम्बन्ध गज्जब कै थियो । थाहा छैन के लगाब थियो उनीसंग गहिरो प्रभाब छाडेर गए । जागिर केही बर्ष खाँदा पेन्सन हुन्छ । धनुषा जान्छु र वकालत गर्छु सर भन्दै मुस्कुराएको गज्जब अनुभूति म संग बाकीँ रह्यो । रबिन्द्रको वकिल बन्ने सपना पनि बाँकी रह्यो ।

 

थुप्रै प्रहरी जवान देखि बरिष्ठ अधिकारी संगको सङ्गत गरियो प्रायको परिदृष्य धुमिल हुँदै गयो । रविन्द्र संगको यादगार पल जीवन्त दृष्यमान हुने आभाष छ । ड्यूटी मै अस्ताए रबिन्द्र । अल बिदा रबिन्द्र । परिवारजनमा गहिरो समबेदना ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर