कमलामाईको तेह्र वडा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा कार्यक्रममा उपमेयर देवकोटाले शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरिन्।

सिन्धुलीमाढी । सिन्धुलीको  कमलामाई नगरपालिकाको  तेह्र वडा लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ।

वडा अध्यक्षहरुको प्रताबमा नगरपालिकाका उपमेयर मन्जु देवकोटाले वडाहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरेकी हुन्। वडाभित्र तीन वर्ष पुरा भई तेह्र वर्ष उमेर पुरा नभएका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेकाले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो।

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा कार्यक्रममा उपमेयर देवकोटाले शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरिन्।

उनले शिक्षालाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माणमा केन्द्रित गर्दै शिक्षामा सबैको सहज एवं समतामूलक पहुँच र निरन्तरता सुनिश्चितता गर्न आवश्यक रहेकाले शिक्षामा गाउँपालिकाले लगानी गर्न कञ्जुस्याँई नगर्ने बताइन्। अनिवार्य तथा निःशुल्क शिक्षाका माध्यमबाट कुनै पनि बालबालिका विद्यालय बाहिर नहुन भन्ने विषयमा नगरपालिका गम्भीर रहेको पनि उनले उनले बताइन्।

कार्यक्रममा कमलामाई नगरपालिका शिक्षा शाखा प्रमुख शंकर राज लुइटेलले राज्यले अनिवार्य शिक्षाअन्तर्गत बालबालिकालाई निःशुल्क पोशाक, निःशुल्क पाठ्यपुस्तक, परीक्षा, भर्नालगायतका सम्पूर्ण शैक्षिक क्रियाकलाप निःशुल्क गरेकोले अन्तर्राष्ट्रिय मान्यता अनुसार अनिवार्य शिक्षा भनेको तीन वर्ष पुरा भएकोदेखि तेह्र वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराउने, उनीहरूलाई विद्यालय छाड्न नदिने तथा विद्यालयमै टिकाउन गर्नुपर्ने सम्पूर्ण लगानीमा राज्यको दायित्व भएकोले सोही अनुरुप नगरपालिकाले कार्य गरिरहेको बताए।

उनले नगरपालिकाको  वडा नं ३ बाहेक तेह्र वटा वडामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भैसकेको र बाँकी रहेको वडा नं ३ पनि भोली सोमवार नै हुने बताउँदै अब जेठ ३० गते कमलामाई नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगरपालिका घोषणा हुने जानकारी दिए। यसका लागि निरन्तर खपिटने सबैलाई उनले धन्यवाद समेत दिए।

कार्यक्रममा वडा भित्र रहेका सबै विद्यालयका प्राधानाध्यापन, विव्यस अध्यक्ष वा प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष, प्रतिनिधि, विभिन्न दलका प्रतिनिधिलगायतको उपस्थिति थियो।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर