बल्ने ढुंगा र मेरो अनुभव

ढुंगा अर्थात् पत्थरलाई मुख्य तीन भागमा विभाजन गरिएको छ: जलन चट्टान, पत्रे चट्टान र मेटा चट्टान । मानव जातिका लागि ढुंगा उपयोगी पदार्थ रूपमा रहेको छ । प्राचीन काल देखि नै हतियारलगायत अन्य आवश्यक सामग्री ढुंगाबाट बनाई वन्यजन्तु मारेर जीविकोपार्जन गर्दै मानव जाति त्यो ढुंगे युग पार गर्दै आज विज्ञानको अधिक प्रयोग भएको समयमा आइपुगेको छ । तर, तिनै ढुंगा आज झन् वैज्ञानिक ढंगले प्रयोग हुन थालेको छ । सिमेन्ट बनाउने लाइम स्टोनदेखि आधुनिक प्रविधिमा प्रयोग हुने विकिरण र इलेक्ट्रोनिक्स सामग्रीमा क्रिस्टल प्रजातिका ढुंगा प्रयोग भएका छन् भने संसारमा महँगा गहनाहरूमा प्रयोग हुने जेम स्टोन पनि ढुंगा नै हुन् । आजको मितिसम्म संसारमा पत्ता लागेको सबैभन्दा कडा पदार्थ हीरा पनि ढुंगा नै हो । मानव जातिले ढुंगालाई कडापन भएको, रंगीन भएको, चमक भएको पत्थरलाई गहनाका रूपमा प्रयोगमा ल्याएको देखिन्छ ढुंगाको जति कडापन बढी भयो, त्यति नै टिकाउ र चमक रहिरहने हुनाले गहनाका रूपमा प्रयोग भएको देखिन्छ । संसारको सबैभन्दा कडा पदार्थ हीरा नेपालमा भने अहिलेसम्म भेटिएको छैन, तर हीराजत्तिकै बहुमूल्य पत्थर भने नेपालमा पाइन्छ ।

मूल्य कति ?

मानिसहरूले ढुंगालाई गहनाका रूपमा प्रयोग गर्न छुटाएको ढुंगा जेम स्टोन समूहमा राखिएको छ । यसको कडापन रंगीन, चमक, दुर्लभताका आधारमा मूल्य निर्धारण भएको देखिन्छ । गहनाबाहेक संग्राहलयमा राख्न पनि संकलन गरेको पाइन्छ । कडापन कम भएको जेम स्टोन टिकाउ नहुने, छिट्टै कोरिने, चमक हराउने र हेर्दा त्यति आकर्षक नभएको प्रशस्त मात्रामा प्राप्त गर्न सकिने जेम स्टोनको मूल्य कम हुन्छ । जेम स्टोनमध्ये सबैभन्दा कडा पदार्थ हीरालाई कुनै पनि अन्य पत्थरले कोर्न सक्दैन। तसर्थ टिकाउ र दुर्लभताका कारण हीराको मूल्य बढी नै हुन्छ । तर, हीरा भन्दैमा सबै एउटै मूल्य हुँदैन सुनचाँदी जस्तो पत्थरको मूल्य सम्मान हुँदैन। एउटै पदार्थमा रङ र चमक कडा भए पनि प्रत्येक पिसको साइजमा पनि मूल्य फरक हुन्छ । सानो टुक्राको मूल्य कम हुन्छ भने त्यही ठुलो तुलनामा ठुलोको धेरै गुणा बढी मूल्य पर्न जान्छ । जेम स्टोनभन्दा कम कडापन टुक्रा भयो भने त्यसको मूल्य दोब्बर, चौ गुणा हुँदै जान्छ, सानो टुक्राको मूल्यका भएका ढुंगाहरू अन्य प्रयोगका लागि हुने मूल्य श्रमका आधारमा हुने भए ।

बल्ने ढुंगा !

सञ्चारको भरपुर विकास भएको, संसारको कुनै पनि कुनामा के भयो थाहा पाउन धेरै समय लाग्दैन । केही सेकेन्ड केही मिनेटभित्रै थाहा पाउन सकिन्छ आजको समयमा । नेपालमा पनि भएको सामान्य घटना पनि संसारमा फैलिन समय लाग्दैन भने नेपालमा साँच्चिकै बल्ने ढुंगा भेटियो भने के होला? ढुंगा बल्यो भने के हुन्छ ? किन बल्छ ढुंगा ? साँच्चिकै नेपालमा बल्ने ढुंगा छ प्रश्न यहाँ यो छ बल्ने ढुंगा भेटियो भने त मेरो नाति – पनातिले पनि बसिबसी खाएर सक्दैन भन्ने मान्छे मैले धेरै भेटेको छु के यो साँच्चिकै हो त ? एक जनाको मुखबाट होइन, दुई जनाको मुखबाट पनि सुनेको होइन सयौँ, हजारौँको बोली एउटै पाइएको छ– बल्ने ढुंगा पाइयो । यति धेरै मान्छेहरूले विश्वास राख्दा रहेछन् बल्ने ढुंगा माथि । एकदमै बहुमूल्य हुन्छ रे । यसको मूल्य कति ? कति कति सोच्दै नसोचे जति गजब छ वा सपनामाथि पनि सपना । मैले मात्र सुनेको होइन, बाजेको पनि बाजेदेखि नै सुनिँदै आएको कुरा आज पनि त्यही कुरा बल्ने ढुंगाको कुरा । मैले नेपालमै जेम स्टोनसम्बन्धी तीन महिना पहिचानसम्बन्धी र तीन महिना कटिङसम्बन्धी तालिम लिएको थिए । त्यसै क्रममा नेपालमा जेम स्टोन व्यापारीहरू जेमोलोजीहरूसँग भेटमा हुने हरेक क्रियाकलापमा मैले सोध्ने प्रश्नमध्ये यो प्रश्न हो– ढुंगा बल्छ ? प्रत्येक उत्तरमा त्यही कुरा दोहोरियो ढुंगा आफैँमा बल्दैन जेम स्टोन अरूको प्रकाशमा चम्कन्छ । ढुंगाको आफ्नै प्रकाश छैन । हाम्रो गाउँमा त बल्ने ढुंगा खोज्ने मान्छे आउँछन् त ? भन्दा सबै खोज पूरा हुन्छ भन्ने छैन भने अझै स्पष्ट हुनु थियो । त्यसपछि त्यस्तै क्रममा मैले पालैपालो अमेरिकी, अस्ट्रियाली, युरोपियन, थाई र चाइनिज जेमोलोजीलाई पनि त्यही प्रश्न तेर्स्याए । उनीहरू त झन् मेरो प्रश्न सुनेरै पहिलै हाँस्थे बल्ने ढुंगाबारे सुनेर । उनीहरूको पनि त्यही उत्तर– अहिलेसम्म बल्ने शक्ति भएको ढुंगा विज्ञानले प्रमाणित गरेको छैन, तर बलेको ढुंगा । ‘तपाईँले ल्याउनुभयो भने नयाँ हुन सक्छ रे ।’ दुनियाँले नदेखेको मैले कहाँबाट देख्नु ? उनीहरूको भनाइमा स्पष्टता थियो बल्ने ढुंगा – व्यर्थ समय बर्बाद गर्नु मात्र हो । त्यो सम्भव छैन । बल्ने ढुंगा यो पृथ्वीमा छँदै छैन । यो एकदमै स्पष्ट छ ।’

हरियो बोतल अर्थात् जेड स्टोन

हरियो बोतल के हो रु हरियो बोतल खोज्नेहरूको भीड पनि आजको होइन, त्यसै बल्ने ढुंगा खोज्नेहरूसँग नै नजिक भएको देखिन्छ । तर, हरियो बोतल भने भेटिन्छन् । आजभोलि बजारमा पाइने सबै हरियो बोतल भने होइन । अहिले प्रशस्त पाउने बोतल सिसाका छन् भने यहाँ खोजिएको बोतल ×जेड स्टोन को हो’ र त्यस बोतलको मूल्य कति हुन सक्ला ? मैले उनीहरूकै शब्दमा सुनेको । जसअनुसार हरेकले उस्तै शब्द ५ देखि १० करोड सम्म रे । साँच्चिकै वास्तविक मूल्यचाहिँ कति हो त ? त्यति नै मूल्य पर्छ त ?

जेड स्टोनमा आकर्षक हरियो तथा चाम्रोपना हुने टिकाउ हुने हुनाले यसलाई विभिन्न भाँडाकुँडा बनाउने चलन पहिलेदेखि रहेछ । अहिले पनि एउटा बोतल बनाउँदा बढीमा ७०/८० हजार जति पर्न सक्छ अहिले विभिन्न कलात्मक मूर्ति माला, बाला, भाँडाहरू अहिले पनि बन्दछन् । एउटा बोतल बनाउँदा ७० देखि ८० हजार जति बजार मूल्य हो भने त्यसको एन्टिक भ्यालु मूल्यसहित १ लाखदेखि २ लाखसम्म पर्न सक्छ ।

सी मालाको कुरा

करिब ५ सय वर्षभन्दा पुराना मालाहरू विभिन्न ढुंगाबाट बनेका छन् । सामान्य एगेट, गार्नेट, क्रिस्टलबाट बनेको र त्यसमा सोडाद्वारा इचिङ भएका मालाहरू आजभोलि एन्टिक भ्यालुमा संकलन भएको छन् । त्यस मध्ये सबैभन्दा बढी मूल्य पर्ने “सी माला” भनिन्छ त्यो पनि कुनै बहुमूल्य पदार्थबाट बनेको होइन, विशेष रूपमा बनाइएको सामान्य जेम स्टोनबाट बनेको तर सबैभन्दा पुरानो भएको हिसाबले त्यसको नटुटेको नफुटेको रङ नबिग्रिएको भए मात्र त्यसको मूल्य अरू मालाको तुलनामा बहुमूल्य हो, तर त्यस्तो बाहिरी हल्लाजस्ता मूल्य धेरै पर्दैन ।

गफाडीका कुरा !

यहाँ आफूले नजानेको विषयमा र सुनेको भरमा अनावश्यक गफ गर्दै हिँड्ने र थोरै समयमा धेरै कमाउन खोज्ने व्यक्ति धेरै भेटिन्छन् । पढेलेखेका व्यक्ति, शिक्षक, प्रोफेसर, कर्मचारी, कलाकार, किसान, युवा, वयस्क, वृद्ध, निम्न वर्ग, मध्यम वर्ग, उच्च वर्ग भनाउँदा सबै खाले मानिस यस कार्यमा संलग्न रहेका पाइन्छ । राणा परिवारलगायत उच्च घरानियाँ, आफूलाई सम्भ्रान्त वर्ग भन्नेहरू समेत संलग्न भएको देखिन्छ । बल्ने ढुंगालगायत बहुमूल्य वस्तु खरिद-बिक्री सञ्जालमा हिँड्नेहरू कोही पनि करोड, अर्ब, खर्बभन्दा घटीका कुरै गर्दैनन् । त्योभन्दा तलका कुरा गर्दा नाकमुख खुम्च्याउँछन् । आफ्नो धरातल बिर्सेर हिँडेका हुन्छन् । बरु, पेट भोकै किन नहोस्, ठुलै कुरा गर्न चाहन्छन् । गफमै अघाउँछन्, गफमै मात्छन् । बिक्री गर्ने कला, क्षमता नभएको हाम्रो मन बुद्धिले साँच्चिकै बहुमूल्य वस्तु प्राप्त भयो भने  आफूले वर्षोदेखि अनुभव गरेको कामबाट उत्पादित चिज वस्तुहरू बजारसम्म लगेर छन् । सपनाको भर्‍याङबाट धेरै माथि चढिसकेका व्यक्तिहरू आफ्नो यथार्थतामा बस्न पनि बिक्री गर्न सकिएला त ? ठुलो सपना देखेर आफ्नो दैनिकी बिगार्ने मानिसहरू धेरै सक्दैनन् । र, त्यस्ता व्यक्तिहरू आफूलाई नचिनेसम्म कहिल्यै खुसी हुन सक्दैनन् ।

नासाको गफ !

तर,

मैले यहाँ ‘नासा’ का बारेमा धेरै कुरा जानेर चर्चा गर्न खोजेको होइन । हरेक बहुमूल्य पदार्थ बल्ने ढुंगालगायतका धेरै खालका सामानहरू बिक्री गर्न  आउने व्यक्तिहरूले मलाई भनेका छन्, नासाका बारेमा । एक दिन एक जना त्यस्ता व्यक्ति फेला परे, जसले मेरै पसलमा आएर भने – ‘तिमीले सामान किन्न सक्दैनौ, तिमीसँग पैसा छैन, तिमी त के त्यति पैसा नेपालमै छैन । मैले प्रश्न गरे अनि यति महँगो सामान कसले किन्छ? उनका अनुसार यो सामान किन्ने पैसा नासासँग मात्र छ रे । वैज्ञानिक नै वैज्ञानिकको संगठन हो नासा, जुन अमेरिकामा छ, त्यसैले किन्छ रे, व्यक्तिले होइन । ‘तपाईँले कति वटा बेच्नुभयो त रु भनेर सोध्दा उनको जवाफ थियो– ‘बेच्न पाएको भए कहाँ यहाँ हुने थिएँ ।’ अरूले त कति कति बेचेको होलान् नि भनी सोध्दा उनले चिनेका मान्छे कसैले बेचेका छैनन् रे। उसो भए तपाईँको सामान हेर्न मिल्छ? भनेर सोधेँ। बडो गाह्रो मानेर मिल्न त मिल्छ, तर जहाँ पायो त्यही देखाउन मिल्दैन भने । मैले सुरक्षाको जिम्मेवारी लिएपछि सामान त देखाए, तर मलाई के भनूँ के भनूँ भयो । रिस उठ्यो । छँदै छोइनँ । त्यो त क्रिस्टल प्रजातिको ढुंगा रहेछ । खोलाले बगाउँदा बगाउँदा हल्का अण्डाकार भएको ५० रुपैयाँ पनि नपर्ने ढुंगा झोलामा पोको पारेर ठुलो सपना बाँडेर अनि भ्रमको खेती गरेर हिँड्ने त्यस्ता मानिस धेरै भेटेको छु । बुझ्दै नबुझी नासाले किन्छ भन्ने भ्रम उसलाई रहेछ । नासा के हो ? कस्तो संगठन हो ? त्यसले के को अध्ययन गर्दछ? त्यो व्यापारी संगठन हो कि होइन ? भन्ने हेक्कासमेत राख्न नसक्नेले त्यति ठुलो सपना किन देख्नु ?

जोखिम पनि !

आम्दानी राम्रो हुने स्रोतहरू भएको ठाउँ पहिचान भएपछि त्यस ठाउँमा सबै प्रकारका मानिसहरूको भीड हुन थाल्छ र विभिन्न खनिज पदार्थ उत्खनन, व्यापार, उद्योग, व्यवसायजस्ता जहाँ राम्रो कमाइ गर्न सकिन्छ त्यस्ता ठाउँमा आँखा पर्न र सपना देख्नु राम्रै कुरा हो । तर, आफ्नो हैसियतभन्दा ठुलो र पूरा हुनै नसक्ने सपना देखेर अवास्तविक बहुमूल्य वस्तु आफूसँग छ भनेर आफैलाई असुरक्षित ।जाने, बनाउने, लोभी मन बनाएर आफू एक्लै बहुमूल्य वस्तु हेर्न र किन्न एकान्तमा सामान हेर्नका लागि पहिले पैसा देखाउनुपर्ने कारणले लुटिने तथा ज्यानसमेत जोखिममा पर्ने हुन सक्छ । यस्तै ठुलो सपना पालेको तर वर्षौँसम्म पनि एक पैसा कमाइ गर्न नसकेपछि त्यस्ता व्यक्तिहरू आपराधिक मार्गतर्फ उन्मुख हुनसक्ने सम्भावना बढी हुन्छ ।नेपालमा पाइने पत्थर ‘जेम स्टोनु रूबी, अक्वारमरिन, स्याफिरे, काइनाइट, ज्यास्पर, टुर्मालिन, गार्नेट, जेड, क्रिस्टल, स्मोकी, क्वार्ट्ज आदि नेपालमा धेरै प्रकारका जेम स्टोनहरू छन् । तर, सरकारी स्तरबाट उत्खनन भएको छैन, त्यसकारण चोरी निकासी बढ्दो छ। नेपालको पश्चिमी भेगबाट त्यस्ता सामग्री सस्तोमा भारततर्फ निकासी भएको पाइन्छ ।

सिन्धुलीमा ‘जेम स्टोन’

सिन्धुलीमा ‘जेम स्टोन को उत्खनन भएको छैन र खोजी कार्य पनि गहन रूपमा भएको जस्तो लाग्दैन । तर गार्नेटु र काइनाइटु भने पाइएको छ । साथै, अन्य जेम स्टोन पनि सिन्धुलीमा हुन सक्ने सम्भावना भएको ठाउँ हो । यसका लागि सिन्धुलीवासीको पहलमा जिमोलाजिस्टद्वारा सो कुरा पत्ता लगाउन सकिन्छ ।

अन्त्यमा

मैले भन्नुपर्ने कुराहरू फेरी पनि दोहोऱ्याउँछु । बल्ने ढुंगा छैन, खोज्नु व्यर्थ हो । मैले प्रत्यक्ष रूपमा अनुभव गरेका विषयहरू लेखेको छु । विशेष मेरो उद्देश्य भनेको यस बल्ने ढुंगाप्रति विश्वास राख्नेहरूका लागि मात्र हो । यहाँ केही अनुभवले प्रस्ट पार्छ कि भन्ने हो । यो पढेर केही व्यक्तिले मात्र भए पनि बुझेर, मनन गरेर जीवनमा परिवर्तन ल्याउन सके भने उपलब्धि भएको ठान्नेछु । करोड, अर्ब, खर्ब कमाउन पहिले एक रुपैयाँबाटै सुरु हुन्छ । त्यसैले त भनिन्छ– हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ । अर्का पनि भनाइ छ– थोपा थोपा मिलेर सागर बन्छ । लोकगीत

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर