सिन्धुलीमा फूलका बिरुवा रोपेर मनाइयो विश्व वातावरण दिवस

सिन्धुलीमाढी। बुधवार परेको ‘विश्व वातावरण दिवस’ सिन्धुलीमा शहरी विकास तथा भवन कार्यालयको शहरी वाटिकामा फूलका बिरुवा रोपेर मनाइएको छ।

शहरी विकास तथा भवन कार्यालय परिसरमा बनाएको बाटिकामा विभिन्न प्रजातिका फूलका बिरुवा रोपेर मनाइएको हो। दिवसका अवसरमा डिभिजन वन कार्यालयले कमलामाई नगरपालिका ५  मघुटारमा रहेको चन्द्रमुखी बहुउद्देशय टोल विकास संस्थालाई दुई सय फूलका बिरुवा वितरण समेत गरेको छ।

‘हाम्रो भूमि, हाम्रो भविष्य: भूमि पुनर्स्थापना, मरुभूमि करण र खडेरी प्रतिरोध’ भन्ने नाराका साथ डिभिजन वन कार्यालय सिन्धुलीको आयोजनामा दिवस मनाइएको हो।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ। जनजीविका र स्वास्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने, बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने तथा खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने विषयलाई यस वर्ष बढी महत्त्व दिइएको छ। यसै गरी स्वास्थ्य पृथ्वीका लागि मलिलो माटो, स्वस्थ पानी तथा रुख बिरुवाको उत्तिकै महत्त्व रहेको विषयलाई यस वर्ष महत्त्व दिइएको छ।

मानव सिर्जित कारणबाट प्रकृति र प्राकृतिक प्रणालीमा परेको प्रतिकूल प्रभावलाई कम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले दिवस बनाइने गरेको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख प्रलाद धितालले बताए।

 

यता विश्व वातावरण दिवसकै अवसर पारेर प्रकृति संरक्षण केन्द्र सिन्धुलीले कमलामाई नगरपालिका १ जखनीमा रहेको शंकरेश्वर मावि परिसमा वृक्षारोपण गरेको छ।

 

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर