पेप्सीकोलाबाट मोटरसाइकल चोरेर भगेका विशाल दुम्जामा पक्राउ

सिन्धुली। पेप्सीकोलाबाट मोटरसाईकल चोरेर भागेका विशाल मगरलाई दुम्जामा प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौको पेप्सीकोलामा पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भागेका सिन्धुलीको दुधौली नगरपालिका १० मंगलपुरका विशाल मगरलाई चोरीको मोटरसाइकल सहित सोमबार बिहान दुम्जा प्रहरीले पक्राउ गरेको हो।

काठमाण्डौबाट सिन्धुलीतर्फ भाग्दै गरेको अवस्थामा विशाललाई बा.प्र ०२–०३० प १७५८ नम्बरको मोटरसाइक सहित पक्राउ गरी कारबाहीको लागि प्रहरी प्रभाग काडाघारी पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक केशव कुमार कटवालले जानकारी दिए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर