सिन्धुलीका स्थानीय तहको बेरुजु २२ करोड [ हेरौँ कहाँ कति बेरुजु ]

सिन्धुली। दुई नगरपालिका सहित यहाँका ९ वटा स्थानीय तहले वार्षिक रुपमा गर्नुपर्ने कार्यसम्पादन आर्थिक रुपमा फितलो देखिएको छ। महालेखापरीक्षकको कार्यालयको बिवरण अनुसार आर्थिक वर्ष  २०७९/०८०  मा २२ करोड ३६ लाख ९९ हजार बेरुजु देखिएको छ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा सबैभन्दा धेरै तीनपाटन गाउँपालिकाको पाँच करोड ६७ लाख २२ हजार र घ्याङलेक  गाउँपालिकाको चार करोड ३३ लाख २८ हजार बेरुजु देखिएको हो।

गाउँपालिकासँग असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, कागजात पेस गर्नुपर्ने र पेश्की लिएको गरी चार प्रकारमा बेरुजुको बिवरण महालेखाले चेकजाँच गर्ने गर्छ।  नियमित र कागजात पेश गर्नुपर्ने बेरुजु कार्यालयको समान्य गल्तीका कारण देखिने गर्छ। असुल गर्नुपर्ने बेरुजु भने स्थानीय तहले असार मसान्त सम्म खर्च गर्न नसेकेको बजेट नेपाल सरकारलाई फिर्ता गर्नुपर्छ। ‘गाउँपालिका र नगरपालिकाहरुले थाहा नपाएकाले हुन सक्छ, फिर्ता गरेनन, त्यसैले बेरुजु असुल गर्नुपर्नेमा धेरै देखियो’ कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख टंकनाथ काफ्लेले भने।

पेश्की रकममा बेरुजु देखिनु, असुल गर्नुपर्ने बेरुजु धेरै देखिनुले भने कर्मचारीको कार्यक्षमतामा प्रश्न उठ्ने गर्छ। सबैभन्दा धेरै पाँच करोड ६७ लाख २२ हजार पेश्की बेरुजु रहेको गाउँपालिका तीनपाटन हो। यती धेरै पेश्की रकम दिनु र बेरुजु देखिनुलाई आर्थिक अपारदर्शीताको रुपमा लिने गरिन्छ।  प्रमुख कोष नियन्त्रक काफ्लेले भने ‘ अहिले सम्म अधिकांश गाउँपालिका र नगरपालिकाले बेरुजु फछ्यौट गरेको हुनुपर्छ। बिगतका वर्षहरुबाट सिकाई हुने भएकाले आउँदो वर्ष बेरुजु घट्दै जाने उनले बताए।

बेरुजु धेरै हुनेमा कमलामाई नगरपालिका  तीन कराेड  ८१ लाख ४६ हजार, मरिण गाउँपालिका दुई करोड ५७ लाख ५४ हजार, फिक्कल गाउँपालिका दुई करोड ३१ लाख ८९ हजार र सुनकोशी गाउँपालिका एक करोड  ८७ लाख ६० हजार आएको छ ।त्येसैगरी हरिहरपुरगढीमा ७२ लाख २८ हजार, गोलन्जोर गाउँपालिकामा ५५ लाख ४९ हजार र दुधौली नगरपालिकामा जिल्लाकै सबैभन्दा कम ४९ लाख ६३ हजार बेरुजु   छ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर