दुई मुक्तक

१. 
लेख्नु छैन प्रेम कहानी मलाई मुना मदनको जस्तो
बनाउनु छैन, अम्मर प्रेम मलाई राधाकृष्णको जस्तो ॥
सातै जुनी सम्म चाहिन्छ भन्दिन मलाई तिम्रो साथ
म त बन्न चाहन्छु,जुनीभर जोडी चखेवाको जस्तो॥
२.
खै! यो कस्तो प्रेम बस्यो तिमीसङ, तिम्रै यादमा हरपल हराउन मन लाग्ने ॥
देख्दा तिमिलाई यो ओठमा त्यसै मुस्कान छाउने॥
सबै बाट एक्लै बस्न मन पराउने म, सपना देख्छु  हात समातेर तिमि संगै हिँड्ने॥
अँध्यारो  मन पर्ने मलाई,किन हो उज्यालोसङ रम्न मन लाग्ने॥
थाहा छैन यसको नतिजा के हुन्छ,तिम्रै नाम लिँदै मुस्कुराउन मन लाग्ने ॥
प्रेम हैन त भन्दिन म, तर टुक्रिएको मेरो मुटुलाई  फेरि पनि तिमिसङ जोड्न मन लाग्ने ॥

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर