गणतन्त्र दिवसमा बागमती प्रदेशका ७ पत्रकार पुरस्कृत, बुद्धलाई  ‘ग्रामीण  पत्रकारिता पुरस्कार’

सिन्धुली । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसका अवसरमा प्रदेशका ७ जना पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
बागमती प्रदेश सरकारले गणतन्त्र दिवस–२०८१ को अवसरमा पारेर प्रदेशका ७ जना पत्रकारलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरूमा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिवप्रसाद देवकोटा, सिन्धुली  स्थित रेडियो विजय किल्लाका स्टेसन म्यानेजर बुद्ध नेपाली सहित ७ जना पत्रकार छन् ।
देवकोटालाई संस्थागत पत्रकारिता पुरस्कार, बुद्ध नेपाली लाई ग्रामीण पत्रकारिता पुरस्कार  दोलखाकी गोलेलाई बागमती पत्रकारिता पुरस्कार, चितवनका पत्रकार ईश्वर कुमार जोशीलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार, काठमाडौँका पत्रकार राजकुमार सिग्देललाई प्रदेश युवा पत्रकारिता पुरस्कार, मकवानपुरकी सरिता दाहाललाई प्रदेश गौरव पत्रकारिता पुरस्कार,  र रसुवाका हरि गजुरेललाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रदेश सरकारले प्रदान गरेको विधागत पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।
पुरस्कृत पत्रकारहरूलाई बागमती प्रदेश सरकारका प्रमुख यादव चन्द्र शर्मा, मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो । बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले प्रदेशमा पुरस्कृत गर्न योग्य धेरै पत्रकार भए पनि पत्रकारितामा क्रियाशीलता र निरन्तरता, भौगोलिक, लैङ्गिक र जातिगत सन्तुलन मिलाएर ७ जना पत्रकारलाई पुरस्कृत गरिएको जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा विशेष कार्यक्रमको आयोजना गरेको थियो । उक्त समारोहमा विविध सम्मान तथा पुरस्कार वितरण गर्नुका साथै शुभकामना आदान प्रदान गरिएको थियो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख शर्मा प्रमुख अतिथि र पूर्व मुख्यमन्त्री डोरमणि पौडेला विशेष अतिथिकोरुपमा सहभागी हुनुहुन्थ्यो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर