डलर देखाएर नेपाली पैसा ठग्ने तीन युवा सिन्धुलीमा  पक्राउ

सिन्धुली। डलरको प्रलोभन देखाएर नेपाली पैसा ठगी गरेको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ।
प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ का २४ वर्षीय श्याम तामाङ, सोही स्थानका २६ वर्षका  तेन्जिङ पाई र  २७ बर्षका नारायण बहादुर पाइनलाई पक्राउ गरेको  छ।
उनीहरूले इलाम नगरपालिका १ का राजु गौतमलाई गोलन्जोर गाउँपालिका ७ लौकुनमा भेटेर डलर साट्ने भनी रुमालमा पोका पारी २० रुपैयाँका नेपाली नोट र सादा कागजका टुक्राहरू दिएर गौतमको साथमा रहेको १८ लाख नेपाली रकम लिएर भागेका जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए। उनीहरूलाई गोलन्जोर गाउँपालिका ६ हैवारबेंसी नजिकैबाट भाग्दै गर्दा  पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट १८ लाख नेपाली रुपैयाँ २३७ थान अमेरिकी डलर दुई थान मोटरसाइकल र विभिन्न कम्पनीको ५ थान मोबाइल बरामद गरेको पत्रकार सम्मेलन गरेर जनाकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर