सुहाङले चुनाव जितिसके, ईलामबाट फेरि वाम एकताको सन्देश दिन्छौं-हरिबोल

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ नेम्बाङलाई इलाबाट जिताउनु पर्ने बताएका छन् ।

नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै गजुरेलले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनु पर्ने बताए ।

उनले २०७४ को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन टुटेका कारण धेरै पीडाहरू भएको बताए । ‘हामी इतिहासबाट पाठ सिकेर फेरि एक भएर आएका छौं’, उनले भने, ‘वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ ।’

उनले इलाम वामपन्थीहरूको किल्ला भएको दाबी गर्दै वामपन्थीहरुको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताए । चुनावी सभामा सुभाष नेम्बाङ्गको योगदानको चर्चा गर्दै सुहाङ नेम्बाङको जीत भइसकेको बताए ।

उनले भने, ‘अत्यधिक बहुमतले जिताएर वामपन्थीहरुको एकताको सन्देश राष्ट्रलाई दिनु पर्छ । हिजो को-को बाटा गल्ती भयो ? कमजोरीहरू के-के भए केलाउँला ? तर अहिले सबै कुरा बिर्सिएर नेपालमा मात्रै होइन विश्वभर वामपन्थी एकताको सन्देश दिनुपर्छ ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर