सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहन्छः सापकोटा

दोलखा । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने बताउएका छन् ।

प्रेस सेन्टर नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले तत्कालै सत्ता गठबन्धनमा संकट आउने र भत्किने अवस्था नरहेको बताए । राजनीतिमा ‘यसै हुन्छ’ भन्ने अनुमान गर्न कठिन हुने भएपनि राष्ट्रियता, लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिकालागि बर्तमान सत्ता गठबन्धन लामो समयसम्म रहन आवस्यक रहेको उनले बताए । देशको समृद्धिकालागि साझा दृष्टिकोण बनाउन आवश्यक रहेको भन्दै नेता सापकोटाले त्यसकालागि सवै दल एक ठाउँमा आउनु पर्नेमा जोड दिए । प्रधानमन्त्रीले आर्थिक क्षेत्रमा क्रम भङ्ग गर्न खोज्दा सहयोग नभएको र मन्त्रीमण्डल पुर्नगठनमा समेत असहयोग भएपछि अघिल्लो सत्ता गठबन्धन टुटेको उनको भनाई छ ।

पूर्व सभामुख समेत रहेका नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाले राजनीतिक समिकरण छिटोछिटो परिवर्तन भइरहेको र संघीय संसदको छलफल, बहश र शव्द चयनमा देखिएको तरिकाले जनतामा निराशा छाएको बताए । लोकतन्त्र राष्ट्रको आत्मा भएको भन्दै उनले लोकतान्त्रिक विचारको विकास गर्नु पर्ने र दलभीत्र कमजोर हुँदै गएको आन्तरिक लोकतन्त्रलाई समेत बलियो बनाउनु पर्ने धारणा राखे ।

प्रेस सेन्टर जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष सुरज बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा माओवादीकेन्द्रका स्थायी समिति सदस्य एवं बागमती प्रदेश सह इन्चार्ज शसी श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री विशाल खड्का, बागमती प्रदेशसभाका सांसद भरत केसी, एमाले जिल्ला अध्यक्ष नरवहादुर श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिमप्रसाद दहाल लगायतको उपस्थिती थियो ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर